मोरङ-४ मा माओवादी केन्द्रका अमनलाल मोदीले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन्।
मोदीले १० हजार १५४ मत ल्याएर सुरूवातदेखि आग्रता कायम गरेका हुन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विनोद ढकालभन्दा मोदी ३ हजार ५ सय ६६ मतले अगाडि रहेका छन्।
ढकालले ६ हजार ५ सय ८८ मत ल्याएर पछ्याउँदैछन् ।