झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको अग्रता कायमै छ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाभन्दा २५ सय बढी मतान्तरले लिङ्देन मतपरिणामको शीर्ष स्थानमा छन्।
लिङ्देनले हलो चुनाव चिन्हमा १० हजार ३ सय ६५ मत पाएका छन्।
उनलाई सिटौलाले ७८६४ मतका साथ पछ्याइरहेका छन्।
उनीहरू बीचको मतान्तर २५०१ हो।
यसअघि लिङ्देन झापा ३ बाट निर्वाचित भएर राप्रपाको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा एक्लो उपस्थिति जनाएका थिए।