झापा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल (घन्टी) लाई नेकपा एमालेका एलपी साँवा लिम्बूले उछिनेका छन्।
उनीहरू बीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।
ढकालले सुरूआती अग्रता लिएका थिए।
पछि साँवाले पुन: ढकाललाई पछि पार्दै अग्रता लिए।
कहिले अघि, कहिले पछि पर्दै गरेका साँवा र ढकालको प्रतिस्पर्धा झापा-४ मा निकै रोमाञ्चक बनेको छ।
२५ हजार १ सय ९३ मतगणना हुँदा नेकपा एमालेका लिम्बुले ८५२६ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी तर्फका उम्मेदवार ढकालले ६७४४ मत प्राप्त गर्दै साँवालाई पछ्याइरहेका छन्।
साँवाले ढकाललाई १७८२ मतले पछि पारेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका देउकुमार थेबेले ६५२८ मतसहित तेस्रो स्थान कायम गरेका छन्।
२५ हजार १ सय ९३ मतपत्र गणना गर्दा १५७९ मत बदर भएको छ।
झापा- ४ मा ७९ हजार ३ सय ४९ मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ।