गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस बिपीबाट उम्मेदवार रहेका १०० वर्षका टिकादत्त पोखरेल धेरै पछि छन्।
गोरखा २ मा मतगणना जारी छ। अहिलेसम्म सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ८६१९ मतसहित अघि छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २२७९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले १९४६ मत ल्याएका छन्।
राप्रपाले २६० र नेपाली कांग्रेस बिपीका उम्मेदवार पोखरेलको चिन्ह करूवामा ४९ मत आएको छ।
यहाँ चुनाव चिन्ह भालेमा ४५५, हँसिया र तारामा १६०, खरायोमा १७४, पुतलीमा ५८, लौरोमा १८, राप्रपा नेपालको तीर चिन्हमा ७ र नेमकिपाको मादल चिन्हमा ३ मत आएको छ।