उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नारायण खड्का र नेकपा एमालेकी मञ्जु चौधरीबीच कडा प्रतिस्पर्धा देखिएको छ।
८ हजार बढी मतगणना गरिसक्दा कांग्रेसका खड्का ३४४ मतले अगाडि छन्। खड्काले ३ हजार ४७५ मत ल्याएका छन् भने एमालेकी चौधरीले ३ हजार १९१ मत प्राप्त गरेकी छन्।
उदयपुर-१ मा यी दुई उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यसअघिको निर्वाचनमा पनि एमालेकी मञ्जु चौधरीलाई नै हराएर कांग्रेसका खड्का विजयी भएका थिए।