स्याङ्जामा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरूङ धर्नामा बसेका छन्।
स्याङ्जा २ मा मंसिर ४ गते भएको चुनावको मतगणना सुरू भएको छैन। नेपाली कांग्रेसले केही मतदान केन्द्रमा धाँधली गरेको आरोप नेकपा एमालेले लगाएको छ।
एमालेबाट स्याङ्जा २ मा उम्मेदवार रहेकी पद्माकुमारी अर्यालले कांग्रेसले धाँधली गरेको सोमबार पत्रकार सम्मेलन गरेर दाबी गरेकी थिइन्।
तर कांग्रेसले भने विधिसम्मत तरिकाले निर्वाचन भएकोले मतगणना गरिनुपर्ने माग गर्दै आज अपरान्ह धर्ना दिएका थिए। धर्नामा कांग्रेस उम्मेदवार गुरूङ पनि सहभागी थिए।