काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले नेकपा एमालेका ईश्वर पोखरेललाई झन्डै साढे चार हजार मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेका छन्।
प्रदीपले अहिलेसम्म १४०७७ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ९७६६ मत पाएका छन्। उनीहरूबीच ४३११ मतको अन्तर छ।
यहाँ ४५ हजार ९ सय ८७ मत खसेको थियो। त्यसमध्ये अब जम्मा ७४९३ मत गन्न बाँकी छ।