प्रधानन्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठूलो परिणाममा राजस्व गुमाएको छ। त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा ब्यहोरेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा एनसेल निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, सूर्य नेपाल, मल्ल होटल र अन्तःशुल्क नक्कली स्टिकरको मुद्दामा ती कम्पनीहरुकै पक्षमा आन्तरिम आदेश जारी गरेको थियो ।
ती कम्पनीहरुले बुझाउनुपर्ने ६१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी राजस्वमा अन्तरिम आदेश भएपछि छुट पाएका छन् ।