नेपाली काँग्रेसले अागामी प्रतिनिधि र प्रदेश सभाकाे लागि हुने निर्वाचनमा उम्मेदवार छनाैटका लागि मापदण्ड बनाएकाे छ। यसअघि समाणुपातिकबाट सांसद भइसकेकालार्इ काँग्रेसले याे पटक उम्मेदवार छनाैट नगर्ने भएकाे छ। अाजकाे नागरिक दैनिकमा खबर छ।
बिहीबार बालुवाटारमा बसेकाे काँग्रेस कार्यसम्पादन समितिकाे बैठकले उक्त मापदण्ड तय गरेकाे केन्द्रिय सदस्य मानबहादुर बिकले जानकारी दिए।
त्यस्तै स्थानीय तहकाे निर्वाचनमा उम्मेदवार बनेका नेता तथा कार्यकर्ताहरुलार्इ तल्लाे तहबाट सिफारिस गरेपनि छनाैट भने गर्ने छैन। बागी उम्मेदवार बनेका र उनीहरुका प्रस्तावक समर्थक बसेकाहरु पनि काँग्रेसबाट याे पटक उम्मेदवार बन्न अयाेग्य हुने भएका छन्।