गैरआवासीय नेपाली संघ ९एनआरएनए० को साधारणसभामा अध्यक्ष शेष घलेले प्रस्तुत गरेकोभिजन २०२० एन्ड बियोन्ड प्रस्ताव संशोधनसहित पारित भएको छ।
विवादित विषय हटाउने सहमति भएपछि ती बुँदा झिकेर प्रस्ताव पारित भएको हो । वादित बुँदाबाहेकको भिजन २०२० लाई पारीत गरीएको छ बन्दसत्रमा संघका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक जीवा लामिछानेले सेतोपाटीलाई बताए ।
लामीछानेले भिजन २०२० एण्ड वियोडन्डु प्रस्ताव परिमार्जिनसहित आएको उल्लेख गर्दै यसलाईउत्साहका साथ समर्थन आग्रह गरेका थिए।
उनले पेश गरेको प्रस्ताव हलले सर्वसम्मतिले अनुमोदनगरेको हो।
बन्द सत्रमा अध्यक्ष घलेले प्रस्तावको उद्देश्य तथा लक्ष्यबारे विश्वभरिबाट आएका प्रतिनिधिलाईप्रष्ट्याएका थिए।
विवादित विषय हटाउने सहमति भएपछि ती बुँदा झिकेर प्रस्ताव पारित भएकोहो ।
प्रस्तावको मुख्य विवादित बुँदा ७ (बी) मा उल्लेख भएको ‘परिषदका अध्यक्ष नै मूल व्यक्ति हुनेछ।
परिषदका अन्य सदस्यले केवल उनलाई सहयोग र समर्थन गर्नेछन्’, भन्ने बुँदा झिकिएको छ।
अध्यक्षलाई सर्वोच्च शक्ति प्रदान गरी संस्थामा एकल नेतृत्व हाबी गराउन खोजेको भनेर यो बुँदाविवादित बनेको थियो।
अध्यक्षलाई सर्वशक्तिमान बनाएर सामाजिक संस्था चल्न नसक्ने भन्दैचौतर्फी आलोचना भएपछि प्रस्तावकले यो बुँदा हटाएका हुन्।
यसैगरी बुँदा नं. ९ को पनि संशोधनमा परेको छ।
सो बुँदाले संस्थालाई गैरराजनीतिक बनाउनकालागि नेपालको कुनै पनि राजनैतिक पार्टीको सदस्य हुने बित्तिकै स्वतस् काउन्सिल सदस्य हुनअयोग्य हुने प्रस्ताव गरेको थियो ।