हाई! एकाएक टिङ् टिङ् गर्दै मेसेज बक्समा मेसेज आयो। सोचेँ कोही चिनेको जसरी हेलो फर्काए मैले। के छ ,कसो छ? हल्का बोलियो त्यो दिन अनी हामी एक अर्कासँग परिचय गरियो।
म अन आउँदा ऊ प्राय अन नै हुन्थ्यो । दुई चार दिनको कुराकानी पछि मलाई सोध्न मन लाग्यो ‘मैले हजुरलाई रिक्वेस्ट पठाएको कि हजुरले मलाई पठाउनु भो’? प्रश्न सकिन नपाउँदै ‘मैले नै हो है पठाएको र म ज्यादै खुशी पनि भएको थिएँ त्यताबाट स्विकार हुँदा’, उत्तर आयो।
ओ ! रिअल्ली'? मैले भने।
‘अफ कोर्स!,’ उताबाट अर्को छिट्टै उत्तर आयो । फेरि मेरो प्रश्न,‘अनी कसरी पठाउनु भयो त नचिनेको मान्छेलाई रिक्वेस्ट?’
'कहिले काँही नचिनेको कोही आफ्नो जस्तै लाग्दोरहेछ नि त अनी पठाए, माया लाग्ने गरी उत्तर आयो। मेरो कौतुहलता झन बढ्यो किन कसरी मैले नचिनेकोलाई साथी बनाए भन्दै कुरा मनमा खेल्दै थियो।
'निदाइयो कि के हो?' ट्रिङ् गर्दै फेरि मेसेज आयो
'नाइ छैन निदाएको! उत्तर दिए , तर के प्रश्न सोध्ने भनेर प्रश्न नै सोध्न आएन तर खुल्दुली चै हुँदै छ मनमा।’
'लौ के भयो प्लिज किन त्यस्तो सोच्नु भयो मैले आफ्नो परिचय त तपाईँलाई दिएको थिए नि होइन र? कि मेरो परिचय अपुग भयो?’
'नो प्लिलिज'।
'अनी किन यत्ती धेरै खुल्दुली त?'
'नचिनेको कोही पनि मेरो फेसबूकमा साथी छैन अन्जानलाई म कहिले साथी बनाउदिन थिए कसरी हजुरलाई स्वीकार गरे त्यही कुरा मनमा खेलेको मात्र हो,’ छक्क पर्दै मनको कुरा भने।
'हे हे हे हे हे हे' मज्जा सँग हाँसेको स्टिकर् आयो 'भाग्यमानी मध्य परे कि कसो म' अली जिस्कने भावमा ऊ बोल्यो ।
'आफ्नो भाग्य कस्तो छ म आँफै भन्न सक्दिनँ भने अरूको भाग्य कस्तो छ् भनी म कसरी भन्न सकुला र? साधारण भाषामा जवाफ दिए।
'कोही जन्मजात नै भाग्यमानी हुन्छन् कोही चै आफ्नो भाग्य आँफै कोर्छन् नि होइन र?'
'सायद हुन सक्ला' छोटो उत्तर दिए
'भोलि त शनिबार के गरी बिताउने विचार छ नि?' फेरि पनि उतैबाट आयो प्रश्न।
'ओह भोलि त शनिबार'? अली म झस्किएँ 'मेरो त थुप्रै काम छ शनिबार, एउटा प्रोजेक्ट नबुझाई हुँदैन। सायद म भोलि अन आउन पाउदिन होला।’
'नाइ नाइ जसरी भए पनि तपाईं अन त आउनै पर्छ' मलाई हाँसो उठिरहेको थियो उस्को नाइ नाइ भन्ने शब्दले।
'लौ नाइ चै किन होला नि?'
'किन किन नाइ भने पछि नाइ नाइ' उस्को एकोहोरो जिद्दिपन देखाउँदै थियो।
'काम छ नि मेरो जसरी भए पनि मैले शनिबारसम्ममा एउटा प्रोजेक्ट submit गर्नुपर्ने छ के त्यसैले हो’ मैले आफ्नो समस्या देखाए।
'अबेरसम्म भए पनि म कुरिरहेको हुनेछु है।'
कुराइ बेकार जान्छ होला है आज नै सरी भन्छु। म पनि आफ्नो जिद्दिपना देखाएँ।
'खोइ मलाई त खेर जान्छ जस्तो लाग्दैन आफ्नो कुराइ' ऊ आफ्नो बोलीमा अडिग बस्यो अनी फेरि हाम्रो कुराकानी एकछिन भयो अनी दुबै जना goodnight भइयो।
साच्ची नै शनिबार मेरो धेरै काम थियो तर मनमा चाडै काम सक्छु भन्दै र अन हुन्छु भन्ने पनि थियो। त्यो दिन भरी काममा व्यस्त रहे र राति ११ बजे त्यो प्रोजेक्ट ईमेल गरे अनी हतार हतार फेसबुक खोले तर म निराश भए किन कि ऊ भर्खर अफ भएछ तर मेसेज बक्समा धेरै मेरो लागि मेसेज छोडेर र अन्तमा आफ्नो मोबाइल नम्बर ९८५५०..... अन आयौ भने मलाई कल गर्न सक्छौ? मैले त्यो नम्बर आफ्नो मोबाइल्मा चोर नामबाट सेभ गरेँ। ऊ सँग बोल्न नपाएर होला मलाई धेरैबेरसम्म निन्द्रै लागेन उसको कुरा मात्र मनमा खेलिरहयो। भोलिपल्ट बिहान उठ्ने बित्तिकै पहिले उसैलाई विस गरेँ 'गूड्मर्निङ ह्याब अ गुड डे' धेरै बेर पर्खे जवाफ आउँछ भनेर तर अहिले पनि निरास भएर बन्द गरे जवाफ आएन। दिउँसोको दैनिकी सधैं जसो गरी चल्यो तर मन चै उतैतिर थियो मनको कुरा सायद मेरो अनुहारमा पनि झल्कियो होला साथीहरुले सोधे के भयो अनुहार अधेरो छ नि भन्दै।
'हिजो रातिबाट नै मुटु अली दुःखिरहेको छ'
सबैले भने डाक्टरलाई देखाउन किन नगएको नि आफ्नो मन मनमा कुरा चल्दै थियो। 'चेक गराउन डाक्टर कहाँ जाने कि उसैकोमा? जसले हिजो रातिबाट नै बेस्सरी मुटु दुखाएर गएको छ' उस्को अफले गर्दा सच्चिनै मेरो मुटु नमिठो गरी दुखाउँदै थियो। ऊ सँग भेट भएको पनि छैन उस्लाई देखेको पनि छैन तर पनि किन उस्को कुरा मात्र मनमा चलिरहेको होला बारम्बार उस्को प्रोफाइल खोल्दै उसैको तस्बिर मात्र हेर्न मन भईरहेको। ऊ अन न आएर सोचेँ कतै ऊ बिरामी पो भयो कि एक्सिडेन्ट पो भयो कि धेरै कुरा खेल्यो मनमा तर कल चै गरि हाल्न सकिनँ। आज चौथो दिन अझै ऊ आएको थिएन अनलाइनमा अनी मैले त्यो दिन एउटा स्टाटस राखे ‘तिम्रो अनुपस्थितिले ज्यादै खल्लो बनाएको छ someone special लाइक र कमेन्टको ओइरो लाग्यो। तर जस्को लागि लेखेको थिएँ उस्को भने अत्तो पत्तो थिएन कमेन्टको रिप्लाई दिन जाँगर पनि लागेन मलाई। आज पाँचौ दिन रातको १० बजिसक्दा पनि ऊ अन आएको थिएन बारम्बार उस्को मेसेज बक्स मात्र हेर्छु ५dys मात्र देखाउँछ। अब चै मलाई सहन निकै गाह्रो भयो र चोर नामबाट सेभ भएको नम्बर डयल गरेँ पुरै घन्टी मोबालमा गयो तर उठेन। दोस्रो चोटि फेरि गरे दोश्रो कलमा मोबाईल उठ्यो 'हेलो' मुटुको धड्कन यत्ती तेज भयो कि मुटु उफ्रेर बाहिर नै आउँला जस्तै भयो।
‘पाँच दिन सम्म अफ भएर मलाई किन यस्तरी सताएको मेरो माया लागेन है, मलाई के भयो होला अलिकती पनि सोच आएन है। पर्खेर बस्छु भनेर आफू चै ५ दिनसम्म हराउने अझ मैले कल नगरेको भए अझ अन आउने विचार थिएन होला है?’ धेरै बेर कराएछु म त उसलाई ऊ चै चुपचाप बसिरहेको थियो मेरो कुरा मात्र सुनि बसिरह्यो अन्तमा भन्यो 'आइ एम सरी म पनि अली धेरै नै व्यस्त भए किन कि मैले अस्ट्रेलियाको लागि प्रोसेस गर्दै थिए तेसैले गर्दा हो।’
म छाँगाबाट खसे झै भए जसलाई म आफ्नो मन मन्दिरमा सजाएर पूजा गर्दै थिए ऊ त अस्ट्रेलिया जान पो लाग्दै रहेछ त्यसपछि म अली बोल्न सकिनँ र आफ्नो मोबाईल बन्द गरे एकोहोरो आँखाबाट आसुको धारा बग्न लाग्यो। आखिर म किन रुदै छु? आँफैले बुझ्न सकिनँ उस्को म प्रति कुनै वास्तै रहेनछ भन्ने सोचले होकि या ऊ मलाई छोडेर जादै छ भनेर। मेरो मोबाईलमा उस्को कल आयो तर उस्को स्वर सुन्ने हिम्मत मलाई थिएन आँफैले आफ्नो मोबाईल अफ गरी राखेँ। किन म आफ्नो तर्फबाट मात्र उस्लाई सोचे उस्को मनको कुरा न बुझी किन म अगाडि बढे मलाई धेरै पश्चाताप लाग्यो। अनी भोलिपल्ट मैले आफ्नो फेसबूक अकाउन्ट डीएक्टिभ गरेँ सेभ गरेको मोबाईल नम्बरलाई पनि कल रिजेक्टमा राखिदिएँ म यो पाटो भुल्न चाहन्थे।
धेरै समय बित्यो तर किन किन मैले उस्लाई भुल्न सकिनँ जुन मनमा उस्लाई सजाएको थिए त्यो कहिले बिथोलिनै सकेन। समय धेरै बितिसकेको रहेछ एकदिन म आफ्नो अफिसमा काम गर्दै थिएँ कार्यालय सहयोगी भित्र आएर भन्न लाग्यो 'मिस तपाईंलाई एकजना भेट्न बहिर आउनु भएको छ’ कुनै नाम लियो सहयोगिले जुन नाम सुन्दा म झसँग भएँ बसेको कुर्सीबाट म उठे को हो रे?' एक्कासी सोधेँ।
'सुनिल रायमाझी' म अर्कै दुनियाँमा छु कि सपनामा जस्तै लाग्यो एकछिन त्यो नाम सुन्दा फेरि सोधेँ के नाम रे?'
'सुनिल रायमाझी' म हत्त न पत्त उठेर बाहिर आए ऊ प्रतिक्षालयमा बसिरहेको थियो म आफ्नो खुशी व्यक्त गर्न नै सकिरहेको थिइनँ उसलाई आफ्नो अगाडि देख्दा ‘हजुर मेरो अफिसमा?’ अच्चम्मा मान्दै सोधेँ।
'तिमीले त एक झट्कामै सबै बन्द गरेर बस्यौ अनी म आउन कर लाग्ने नै भयो नि' म निशब्द बसिरहे किन कि मलाई कुनै कुरा भन्न नै आएन जोसँग अब मेरो कहिले भेट हुन्छ भन्ने सोच नै थिएन ऊ मेरो अगाडि यसरी आइपुग्यो कल्पना भन्दा पनि बाहिर को कुरा थियो।
‘मैले तिमीलाई धेरै कल गरे तिमीले मेरो कल रिजेक्ट गरेछौं अनी आफ्नो फेसबूक पनि बन्द गरी बस्यौ, म तिमीलाई भेटेर तिम्रो सल्लाहमा नै तिमी र म जाने बिचारले प्रोसेस गरेको थिएँ मेरो कुरा नै सुन्न चाहेनौ आफैं मबाट टाढा भयौ’ म अझै पनि निशब्द नै थिए। अनी एकछिन बिदा लिएर म ऊ सँग बाहिर निस्किए एउटा पसलमा गएर चिया खाँदै कुरा गर्ने विचारले।
'दुःखी म पनि थिएँ झन धेरै किन कि मैले कहिले हजुरलाई भन्नै सकिनँ नजानुस् भनी हजुरको सपना मैले कसरी आफैंले तोडिदिन सक्थे र अनी टाढा जान नै ठीक लाग्यो कमसे कम हजुरको सपना पुरा होस भनेर।’
'तिमी बिनाको एक्लो सपना म कहाँ देख्न सक्छु र? तिमीले सबै अफ गर्नु को अर्थ मैले राम्ररी बुझेँ अनी त्यो लागेको भिसा क्यान्सिल गरेर तिमीलाई खोज्न थाले बल्ल आज पत्ता लागेर यहाँ आएको! उसले यति भन्दै गर्दा मेरो आँखाबाट आसु बग्न थाल्यो ऊ पनि आँखा रसाउँदै बोलेको थियो मेरो लागि उस्ले आफ्नो सबै सपना त्यागेर आएको थियो। अनी मैले पनि केही नसोची सहजै स्वीकार गरेँ आफ्नो जीवन साथीको रूपमा। सदा सदाको लागि!