नेपाली सांगीतिक समूह ‘मन्त्र ब्याण्ड’ आफ्नो सांगीतिक प्रस्तुतिका लागि सिड्नी आइपुगेको छ। नेपाली टच अष्ट्रेलियाको आयोजनामा शुक्रबार हुने हिमाली नेपाली अष्ट्रेलिया साँझका लागि एडिलेड, मेलबर्न र ब्रिसबेनपछि उक्त ब्याण्ड सिड्नी आइपुगेको हो।
मन्त्र ब्याण्डको यो पहिलो अष्ट्रेलिया भ्रमण हो। यस ब्याण्डले यस अघि जुन ५ मा एडिलेड, जुन १२ मा मेलबर्न र जुन १४ मा ब्रिसबेनमा कार्यक्रम सम्पन्न गरीसकेको छ। मन्त्र ब्याण्डले भोलि अर्थात जुन १६ शुक्रबार सिड्नीको टाउनहलमा अवस्थित शार्क होटेलको स्पेस बारमा आफ्नो प्रस्तुति गर्नेछ।
दार्जिलिङ्गमा स्थापित मन्त्र ब्याण्डका वर्तमान सदस्यहरुमा भास्कर देवान, प्रज्ञा लामा , बिर्जु चौधरी , मनिष थापा, विधान थापा, प्रभास शुब्बा रहेका छन्।
‘रक एण्ड रोल’ संगीतमा निकै लोकप्रिय ब्यान्डको “वीर गोर्खाली...”, “एकान्तमा”, “संस्कृति”, “हिमाली नेपाली”, “लगायतका गीतहरु युवा पुस्तामाझ नीकै चर्चित रहेका छन्। कार्यक्रममा मन्त्र ब्याण्ड र तृष्णा गुरुङ लगायतका कलाकारको प्रश्तुती सँगै डि.जे बिरक र डि.जे क्र्याशको ‘डि.जे सेसन’ पनि आकर्षण रहने नेपाली टच अष्ट्रेलियाका दिपेश पुनले बताए। आयोजक पुनले सीड्नीको बढ्दै गरेको चिसो मौसममा मन्त्रका गीत संगीतले तताउने बताएका छन्।