रातभर जलेर,
सिरानीमा जब निभ्दै थियो दियो
म धेरै बेर झ्यालमा बसें, बसिरहें
बिहानको हल्का गुलाबी कुहिरोमा गुज्र्यो एउटा यात्री
मेरो ढोकामा आएर अचानक उभियो र सोध्योः
उनी कहाँ छन्, उनी कहाँ छन्, उनी कहाँ छन्
लाजले भुुतक्क,,
म बोल्नै सकिनँ,
म उही हुँ, म उही हुँ,
म उही हुँ, मेरो यात्री
साँझ भयो, जब सिरानीमा फेरि दियो बाल्नु थियो
झ्यालमा ढिलो सम्म बसिरहें
धमिलो साँझमा रथ चढेर फेरि आयो यात्री
कपडामा धुलैधुलो थियो
ढोकाबाट फेरि सोध्योः
उनी कहाँ छन्, उनी कहाँ छन्, उनी कहाँ छन्
लाजले भुुतक्क,,
म बोल्नै सकिनँ,
म उही हुँ, म उही हुँ,
म उही हुँ, मेरो यात्री
वर्षातको रात छ,
कोठामा बलिरहेछ दियो
झ्यालमुनि भुईमा बसिरहेछु
अनि अँधेरी रातमा गुन्गुनाइरहेछुः
म उही हुँ, म उही हुँ,
म उही हुँ, मेरो यात्री
गुल्जारको मधुर संगीत र श्रेया घोषलको सुमधुर आवाजमा यो गीत लगायत टैंगोरका सात गीति–कविता यो भिडयोमा उपलब्ध छन्।
https://www.youtube.com/watch?v=8Uj0j3kyNm0&t=835s