युएस बंगला विमान दुर्घटनामा जीवन गुमाएका विद्यार्थी र उनका शोक सन्तप्त अविभावकमा समर्प्रित अन्तिम श्वास छोड्न म आफ्नै घर फर्केर आएँ
मरेर टाढा गएको नठान्नू यही देशको माटो र पानीमा बिलाएँ
आमा, ती तिम्रा सपना म डाक्टर बनेको
कसरी हेर्यौं आफनै मुटु आगोमा जलेको
जलेर छियाछिया बनेका ती कोमल शरीर
कसरी रोक्यौ तिमीले आफ्नो आँशुको पहाड
नरोऊ आमा लाशै भएर पनि म आफ्नै घर फर्कि आएँ
खरानी भएरै पनि माटोको ऋण तिर्न आएँ
आमा, तिम्रो ऋण अर्को जुनीमा तिरौंला
अर्को जन्म तिमीसँगै जीवनभर बाँचौला
फेरि पनि म छोरी बनौंला, तिमी मेरी आमा बन्नू
मलाई हिजो जे जे भन्थ्यौ अर्को जुनीमा पनि त्यही त्यही भन्नू
आगो जल्दै गर्दा आमा तिमीलाई सम्झिएँ
शरीर बल्दै गर्दा आमा तिमीलाई सम्झिएँ
त्यो घाउ पोलेर पीडाले रूदै गर्दा नि
आमा आमा भनि तिमीलाई सम्झिएँ
नरोऊ आमा लाशै भएर पनि म आफ्नै घर फर्कि आएँ
खरानी भएरै पनि माटोको ऋण तिर्न आए
मेरो आखाँ खुल्दाको पहिलो दृश्य तिमी थ्यौ
मेरो आखाँ निभ्दै गर्दाको अन्तिम चित्र तिमी थ्यौ
मेरो बोलीको पहिलो शब्द तिमी थ्यौ
मेरो मनको अन्तिम प्रार्थना तिमी थ्यौ
अन्तिम श्वास छोड्न म आफ्नै घर फर्केर आएँ
मरेर टाढा गएको नठान्नू यही देशको माटो र पानीमा विलाएँ
नरोऊ आमा तिमी रूदाँ घर सबै रून्छ
बाबाको पीडा फेरि कस्ले सुन्छ
दादा तिमी हाँस्दै देशलाई सिंर्गानू
भाइले बाबा र आमालाई सम्हाल्नू
बहिनी पढेर तिमी डाक्टर बन्नू
आमाको सपना अब तिमी पुरा गर्नू
अर्को जुनी फेरि यही देशमा जन्मिन पाउँ
त्यही घरको आगँन तिम्रो काख हुर्किन पाउँ
अर्को जुनी आमा फेरि तिम्रै कोखमा जन्मिउँला
डाक्टर बनौला अनि फेरि डोलीमा अन्मिउँला
दुःख नमान्नू आमा म अस्ताए अल्पायुमा
जाने बेला पनि सम्झिरहेछु हरेक पलपलमा