आखिर ईश्वर पनि कहाँ
न्यायकारी हुँदो रहेछ र?
जो आफू एक बाँचेर
लाखौंको ज्यान जोगाउँछ
उसैलाई मृत्युवरण गराउँछ।
जो बाँचेर पनि मरेतुल्य भएर
लाखौंलाई मारी रहेको हुन्छ
उसैलाई न्याय दिन्छ।
ए ....ईश्वर तँलाई म
कुन आधारमा पुँजू
जो अदृश्य बनेर आज
अन्यायको पट्टी बाँधी रहेछस्
आफ्नो आँखामा
र...अन्जान बनि रहेछस्
ईश्वरको उपमा भिरेर।
भन,कसैको उद्दार गर्नु पाप हो?
कसैलाई मृत्युबाट बन्चित गरेर
नयाँ जीवन दान दिनु
अपराध हो?
यदि अपराध हो भने
के उपेन्द्रलाई यही सजाय
दिईएको हो?
हो ....तँ ईश्वर होस्
मान्छेको आस्था अनि विश्वास
त्यसैले .....हामीले विश्वास गर्यौं
र ...पुकार्यौं तँलाई
अफसोच!हाम्रो आस्थाको
धरहरा नै ढलेपछि,
हाम्रो विश्वासमा बज्र परेपछि
हामीले के नै गर्न सक्यौं र?
बस ...दुई शब्द श्रद्धान्जली
चढाउँन शिवाय! यसैले ...
डा.दुई शब्द श्रद्धान्जली तिमीलाई
अन्तर्रात्माको गहिराईबाट।