कविता
नदी बग्दैबग्दै सागरमा हराउँछ ।
सागर तैरँदैतैरँदै धर्तीमा बिलाउँछ ।
तल जमिन, माथिमाथि बहँदो पानी
ज्ञात उदय अज्ञात अस्त ?
विचित्र उस्को राम कहानी !
धर्तीमै सुरू धर्तीमै अन्त्य जलको कहानी ।
बित्यो हिमशैलमा उस्को स्वर्णिम बिहानी ।
पर्वत उसका पिता, हिमाल उसकी माता हुन् ।
ताप उसको गति, हिउँ उसका विधाता हुन् ।
जान मात्र जान्यो उसले फर्की कहिल्यै आएन ।
पुत्र विछोडमा माता रूँदा आँखा उसको रसाएन ।
अझै दुख्छ हिमाललाई ऊ जन्मिँदाको प्रसव व्यथा ।
अझै कन्ठग्र छ, झरनालाई ऊसँगगको चुलबुले कथा ।
ए नफर्किने गरी जाने निठूरी !
कसैगरी एक पटक फर्की आ ।
काफल पाक्योको निम्ता मान्दै,
कोइली चरीसँग दोहोरी गा ।
नबिर्सि तैले घर छोड्दा,
छहराले मादल बजाएको।
नभुल् तँ भीरबाट खस्दा,
न्याउलीले विरह गाएको।
सोच् त, पखेराको रातमा आज पनि
जुनकीरी त्यसरी नै बलिरहेको छ।
सम्झी त, पहाडको मस्तकमा आज पनि
डाँफे चरी उसरी नै नाचिरहेको छ।
त्यसैले आ आ आ ए परदेशी यात्री !
पर्खाइमा दिन ढल्यो भयो रात्री !
तैं रोग, तैं औषधि, आ मलम लगा।
बर्सी मेघ बनी अनि दिलको जलन भगा।
बर्सी मेघ बनी अनि दिलको जलन भगा।