ईश्वर स्वरुप हे माता पिता, जसले हामी जस्ता मानिस बनायौ।
यो धरतीमा अवतरण गराई हामीलाई यो सारा संसार चिनायौ।।
चिन्नै न सकी मान्छे भन्यौं तिमीलाई, तिमी हौ साक्षात देवीदेवता ।
मानव चोला धारण गरी दैवी शक्ति स्वरुपी सब जनका सृष्टिकर्ता ।।
नौ मास पेटमा राखी आमा तिमीले कति दुःख सही स्याहार गरेऊ ।
खाई न खाई शिशुको तन मनमा कति धेरै माया कुटीकुटी भरेऊ ।।
हृदयबाट मातृ रस चुसाई आमा, ममताको त्यो रस पान गरायौ।
एक छिन शिशु ओझेलमा हुँदा, नयन अश्रुताल बनाई रुँदै करायौ ।।
पिताले शिशुमा प्रेमाघात गर्न खोज्दा कसरी रक्षा कवच भै हाल्छेउ ।
मुटुबाटै त्यो दयाको भीख माग्दै कति मिठो बोलेर बचाई हाल्छेउ ।।
दुःख परेको बखत र एक्लै हुने बेलामा सबैले आमा नै पुकार्ने गर्छन् ।
जन्माउने आमालाई सधैं सम्झनुपर्ने तर, जन्म दिनेमै बिर्सने गर्छन् ।।
मन्दिर र ढुंङ्गे मूर्ती देखेर अचेल युवाहरु नढोगी त हिंड्दै हिंडदैनन् ।
ईश्वररूपी घरका माता पितालाई किन हो यिनीहरु ढोग्नै जान्दैनन् ।।
जब दुःख हुन्छ सन्तानलाई आमाले मायाले तान्छीन् आफ्नो छातिमा ।
जब आमालाई दुख्छ हुन्छ, लगाउँदैनन् किन तिनले आफ्नो छातिमा ।।
दुःखको कस्तो त्यो घडी जब माता पिता छाडी सन्तान विदेश लाग्छन् ।
पैसाले पितृ ऋण चुक्ता गर्छु भनी तिनलाई वृद्धाश्रममा छाडी जान्छन् ।।
प्यारा सन्तान माता पितासँगै बसी प्रेमरस बाँडेर कहिले पो खाने होला ।
दुःखले आर्जेको पैतृक सम्पत्ति, मरेपछि यिनैले लुछी चुँडी खाने होला ।।