फ्याँकीरहेछन् सयौं शकुनीहरू
कपटका पासा
कोशिस गरिरहेछन् हरदम
पराजित गर्न
सत्य र न्यायलाई
उन्मत्त उफ्रँदै दुर्योधनहरू
जङ्घा पिटेर आदेश दिइरहेछन्–
न्याय हाम्रो मुठ्ठीमा हुनु पर्दछ
सत्य हाम्रो पैतालामा दबिनु पर्दछ
त्यसैले
च्यातिदेऊ
नाथे निमुखाहरूको पक्षमा लेखिएको दस्तावेज
र
, धुजा–धुजा पारेर फालिदेऊ
ख्वामितको आदेश पर्खिबसेका दुःशासनहरू
हात लम्काइरहेछन्
सत्य र न्यायको चीरहरण गर्न
,अट्टहास गरिरहेछन् दुर्योधनहरू
तेजोबध गरिरहेछन् कर्णहरू
नतमष्तक छन् धर्मराजहरू
सत्ताको मोहमा
अन्धा धृतराष्ट्रहरू
केही नदेखेझैँ गरिरहेछन्
केही नसुनेझैँ गरिरहेछन्
चेतनाहीन बनिरहेछन् भिष्मपितामहहरू
र
, नुनको सोझो गर्दै
निरिह
, टुलुटुलु
हेरिरहेछन् सत्य र न्यायको चीरहरण
अँहँ ! बोल्नुहुँदैन भिष्महरूले
नाङ्गियोस् सत्यको दस्तावेज
च्यातियोस्
, केही छैन
तर नुनको सोझो गर्नैपर्छ
किनकी
दुर्योधनहरूको कालो नुन जो खाएका छन् !
बिचरो बिदुर !
एक्लै चिच्याइरहेछ
लोभी
, पापी र कपटीहरूको क्रिडास्थलमा
पटक पटक
र
, भनिरहेछ
‘हे न्यायका हर्ताकर्ता !
छोड पापीहरूको साथ
च्यातिन नदेऊ गरीबको दस्तावेज
पु
¥याऊ झुपडीहरूमा
र
, ओत लगाऊ
रोग
, भोक र शोकको झरीबाट !’
चुप छन् भिष्मपितामहहरू
चुप छन् धृतराष्ट्रहरू
र त एक्लो बिदुर
सत्य र न्यायलाई
दुर्योधन र दुःशासनहरूको कब्जाबाट मुक्त गर्न
ज्यानको बाजी लगाएर
सत्याग्रहमा डटेको छ
यो देश दुखिरहन्छ उसलाई
सिटामोल र जीवनजल नपाएर
मर्दै मर्दै बाँचिरहेको सुदूर पश्चिम दुख्छ उसलाई
स्वास्थ्यचौकीको अभावमा
सुत्केरी आमाहरू गुमाइरहेको कर्णाली दुख्छ उसलाई
तर
दुख्दैन दुर्योधनहरूलाई
एक पोका रगत नपाएर ज्यान गुमाएका
जुम्लाका जनकलाहरू
हुम्लाका हरिशोभाहरू
र
, मुगुका मनमायाहरूका मृत्युका खबरले
दुख्दैन उनीहरूलाई
सुरक्षित सुत्केरी सेवाको अभावमा
बच्चा जन्माउन नसकेर ज्यान गुमाएका
सुर्खेतका सीताहरू
र
, कालिकोटका गोरिकलाहरूका मृत्युका खबरले
दुख्दैन सिटामोल र जीवनजलको अभावमा ज्यान गुमाएका
आइतमान
, दलवीर र पूर्णमायाहरूका मृत्युका खबरले
दुख्दैन दुर्योधनहरूलाई यो देश
दुख्छ त केवल गोविन्द केसीहरूलाई
त्यसैले
बाँच्नुपर्छ यहाँ गोविन्द केसीहरू
किनकी
गोविन्द केसी मर्नु भनेको
यो देशको न्याय मर्नु हो
गोविन्द केसी हार्नु भनेको
यो देशको सत्य हार्नु हो
यदि
, न्याय म
¥यो भने
सत्य हा
¥यो भने
जित्नेछन् सधैँ सधैँ
दुर्योधन
, दुःशासन र शकुनीहरूले
हार्नेछन् यो देसका नागरिकहरूले ।