यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई ६८ करोड २५ लाख रुपैयाँ बराबरको १३ हजार ६५० मेट्रिक टन उत्पादन भएको छ।
जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए।
उत्पादनभएका आँपमध्ये बम्बै ७५, माल्दा ७०, दशहरी ५० कृष्णाभोग ४० र अन्य आँप ३० देखि ३५ रुपैयाँ प्रतिकेजीसम्ममा कलैया बजारमा बिक्री हुँदै आएको छ।
गत वर्ष २०७३÷७४ मा कुल एक हजार २२५ हेक्टर क्षेत्रफलमा जमिनमा ८४ करोड तीन लाख ५० हजारबराबरको एक हजार २०५ मेट्रिक टन आँप उत्पादन भएको थियो।