कृषकलाई दिइने अनुदान रकममा भएको अनियमितताको छानविन गर्न कृषि मन्त्रालयद्धारा समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव एवं नीति तथा अन्तराष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तेजबहादुर सेवेदीको संयोजकत्वमा गठित समितिमा गंगादत्त आचार्य, नेत्र भण्डारी, लालकुमार श्रेष्ठ, विनोद भट्टराई, तिलक चौलागाई, नारायण काफ्ले, होमबहादुर विक, इन्द्रहरी पौडेल, सुजन ढुंगेल र अरुण जिसी सदस्य रहेका छन
।
एक महिनाको समय पाएको उक्त समितिले मन्त्रालयले वितरण गर्ने अनुदान रकम वास्तविक किसानसामू पुग्न नसकेको,व्यवशायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) लगायत विभिन्न आयोजनाबाट अनुदान रकममा ठूलो दुरुपयोग भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको जस्ता विषयमा छानविन गर्ने संयोजक सुवेदीले जानकारी दिए।