सरकारले यो वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्या निर्धारण गरेको छ। आज बसेको मन्त्रिपरिषद्ले धानको मसर्थन मूल्या तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।
किसानले उत्पादन गरेको धानको कारोबार समयमै होस भन्ने हेतुले आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले धानको मूल्या तोकेको उनले जानकारी दिए।
बास्कोटाका सरकारले अनुसार मोटो धानको प्रति क्वीन्टल २ हजार ३३१ रुपैयाँ र मध्यम धानको २ हजार ४६० रुपैयाँ तोकेको छ।
कृषि मन्त्रालयले सिफारिस गरेको धानको न्यूनतम मूल्या मन्त्रिपरिषद्ले स्वीकृत गरेपछिधानको कारोबार गर्ने बाटो खुल्ला भएको छ। धान उत्पादनको लागत, अहिलकोको थोक मूल्य, भारतको न्यूनतम समर्थन मूल्यको आधारमा मन्त्रालयले सिफारिस गरेको थियो।