साउनको तेस्रो हप्तासम्म देशभर ९२ प्रतिशत रोपाई सम्पन्न भएको छ।
कूल खेतीयोग्य भूभागमध्ये ९२ दशमलव २५ प्रतिशत धान रोपाई सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कुल १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाई सम्पन्न भएको हो।
सबैभन्दा बढी नेपालको उच्च पहाड क्षेत्रमा ९४ प्रतिशत धान रोपाई सकिएको छ। त्यसैगरी मध्य पहाड र तराईमा ९२/९२ प्रतिशत रोपाई सकिएको मन्त्रालयले जनाएको छ।