व्यापारी तथा बिचौलियाहरुले सरकारी अनुगमनको विरोधमा अघिल्लो दिन बन्द गराएको कालिमाटी फलफूल तथा तरकारी बजार बुधबार खुलेको छ।
सरकारी टोलीको अनुगमनका बेला अभद्र व्यवहार गरेको भन्दै केही व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि व्यापारीले मंगलबार बजार बन्द गराएका थिए।
तरकारीको बजार व्यवस्थापन तथा मूल्य समायोजन गर्ने उद्देश्यले सरकारले अध्ययन समिति गठन गरेसँगै बजार खुलेको हो।
आइतबार बिहान सरकारी अनुगमन टोली पुगेपछि आक्रोशित व्यापारी तथा बिचौलियाले टोलीलाई घेरेर ४ घण्टासम्म नियन्त्रणमा लिएका थिए। त्यसपछि उद्योगमन्त्री मातृका यादवसहितको टोली पुगेपछि केही व्यापारीलाई प्रहरीले पक्राउ गरेको थियो।