सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता दूध सङ्कलन केन्द्रमा शिलबन्दी गरिएको छ ।
दूध सङ्कलन केन्द्रमा सरसफाइ नगरेको, व्यक्तिको स्वास्थ्यमा असर पर्ने गरी रसायन प्रयोग गरेको भन्दै माथिल्ले तहमै उजुरी परेपछि शिलबन्दी गरिएको खाद्य निरीक्षक सुरेशकुमार सिंहले बताए।
खाद्य उद्योगले खाद्य अनुज्ञापत्र लिई मात्र उद्योग सञ्चालन गर्नुपर्नेमा सो समेत नदेखिएकाले समेत शिलबन्दी गरेको खाद्य निरीक्षक सिंहले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राजेन्द्र निरौला, घरेलु तथा साना उद्योग कार्यालयका खगेन्द्र बुढाथोकी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्तासहितको टोलीले उक्त छिन्नमस्ता दूध सङ्कलन केन्द्रमा तालाबन्दी गरेका हुन् ।