खाद्यन्न इकमर्श साइट ‘किराना’ले आफ्ना सामानमा उपभोक्तालाई दसैँको अफर स्वरूप क्यास ब्याक सहित निशुल्क डेलिभरीको सुविधा दिएको छ।
दैनिक उपभोग्य चामल, तेल, मसला, चाउचाउ, घ्यू, बिस्कुट, चकलेटदेखि स्याम्पु, टुथपेस्ट, टुथब्रससम्मका सामानमा ४० प्रतिशतभन्दा माथि छुट दिएको किराना पसलका चिफ कमर्सियल अफिसर कल्याण अधिकारीले बताए।
‘हामीले उपभोक्तालाई दसैँ सुपर सेल भनेर हरेक सामानमा ४० प्रतिशतभन्दा माथि छुट दिएका छौँ’ उनले भने, ‘उपभोक्ता नठगिउन् बजारको मूल्यसँग मिलोस् भनेर ‘प्राइस म्याच’ गर्न भ्याट बिल दिने गरेका छौँ।’
यसले उपभोक्तालाई सहुलियत दरमा सामान लिन मद्दत पु¥याउँछ।
मानिसमा ई कमर्श महङ्गो हुन्छ, उपभोक्ता ठगिन्छ भन्ने धारणालाई आफूहरुले झुट साबित गरेको उनी बताउँछन्।
‘अहिले बजारमा चिनीको चर्चा धेरै पाइन्छ। बजारमा उपभोक्ताले चिनी ७० देखि ८० रूपैयाँसम्म तिर्ने गरेका छन्। तर हामीले प्रतिकेजी ६९ रूपैयाँले दिएका छौँ’ उनले भने।
दसैँ बेला अन्य खाद्य सामाग्रीको तुलनामा चिनी बढी नै उपभोग हुने भएकाले प्रतिकेजी ६९ रूपैयाँको दरले ५ केजीको प्याकेट बनाई विक्री गरेकोे अधिकारी बताउँछन्।
किरानाले रिङ्गरोड भित्र अर्डर गर्दा निःशुल्क डेलीभरीको सुविधा दिइएको छ। रिङरोडबाहिर २ हजार भन्दा कमको सामान निशुल्क र त्यो भन्दा माथिको सामानमा ५० रूपैयाँ डेलिभरी शुल्क लाग्ने अधिकारीले जानकारी दिए।
सामानको शुल्क कार्डबाट पेमेन्ट गर्न सकिने छ।
किराना पसलले ‘मेरो किराना’ नामक वेबसाइट तथा फेसबुक पेज गत वर्षबाट सञ्चालनमा ल्याएको हो। जसमार्फत घरमै बसेर सम्पूर्ण किरानाका सामान अर्डर गर्न सकिन्छ।
किराना चिफ कमर्सियल अफिसर अधिकारीले पछिल्लो समय अनलाइनमार्फत विभिन्न वस्तु, लुगाकपडाको कारोबार हुने गरे पनि ग्रोसरी सामानको होम डेलीभरीसहितको सेवा उपलब्ध नभएकाले आफूहरुले यसको आवश्यक्ता महसुस गरी सञ्चालनमा ल्याएको बताए।
उनका अनुसार ग्राहकलाई चित्त नबुझेमा तुरुन्त सामान फिर्ता गर्न सक्नेछन्।
अधिकारीले भने, ‘बजारमा जुन बस्तुको जति मूल्य छ हामी पनि त्यत्तिमै दिन्छौँ। यदि ग्राहकलाई अन्य पसल भन्दा एक रुपैयाँ मात्र बढी तिर्नुपरेको पाएमा हामी फिर्ता गरिदिन्छौँ।’
किरानाबाट अर्डर गरेको बस्तु ग्राहकको घरमा आएपछि राम्रोसँग हेर्न पाइने र चित्त नबुझेको खण्डमा त्यसै बेला फिर्ता गर्न सकिन्छ।
‘किराना’ ले अर्डर आएपछि सो वस्तुको आधिकारिक डिलरबाट सामान ग्राहकको घरसम्म पु¥यााइदिने काम गर्छ। यसो गर्दा उसले डिलरबाट निश्चित कमिसन खाने गर्छ।
किराना खोल्नुपूर्व यस्तोसेवाको आवश्यक्ता रहे नरहेको बारेमा काठमाडौंका २ हजार सर्वसाधारणसँग किरानाले अनुसन्धान गरेको थियो। जसमा ७० प्रतिशतले यस्तो खालको सेवाको आवश्यक्ता रहेको तथा उपलब्ध भए दैनिक जीवन थप सहज हुने मत राखेपछि आफूहरुको टिमले सुरुवात गरेको उनले बताए।
केमु डटकम नामक अनलाइन सपिङमा करिब साढे दुई वर्षसम्म काम गरेको अनुभव संगालेका अधिकारीले किराना सञ्चालनमा आएदेखि २५ जना ग्राहकले यस मार्फत नियमित सेवा लिइरहेको समेत बताए।
उनका अनुसार एक्लै बस्ने तथा दिनभरी कार्यालयमा काम गर्ने, बिहानै घरबाट निस्केर एकैचोटी रातिमात्र घर फर्कर्ने मानिसदेखि गर्भवति महिलालाई किरानाको विशेष आवश्यकता भएकाले ग्राहकको अर्डर बढी आउने गरेको छ।