किसालाई व्यावसायिक खेतीतर्फ डोर्याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।
नगरपालिका क्षेत्रका २०५ कृषक समूहका पाँच हजार १२५ किसानलाई बीउ वितरण गरिएको हो ।कृषि शाखाका प्रमुख रणबहादुर मल्लका अनुसार प्रतिकिलो ५० रुपैयाँ पर्ने आलुको बीउ किसानलाई २५ रुपैयाँ मा उपलब्ध गराइएको हो । बीउ खरीदका लागि कृषि शाखा र किसानको १०,१० लाख रुपैयाँ खर्च भएको छ ।
किसानलाई तरकारी लगाउन, हेरचाह गर्न, गोडमेल गर्न, रोग किरा व्यवस्थापन गर्न तथा भण्डारण गर्ने तरीकाबारे किसानलाई तालीमसमेत प्रदान गरिएको छ ।
यसैगरी कृषि शाखाले नगरपालिका क्षेत्रका तीन सहकारीलाई ५० प्रतिशत अनुदानमा गहुँको मूल बीउ तथा २०८ कृषक समूहलाई व्यावसायिक च्याउखेती गर्न ५० प्रतिशत अनुदानमा १० क्विन्टल बीउ उपलब्ध गराएको छ ।