घोराही उपमहानगरपालिका–१३ बडहरामा हर्क चौधरीको एउटा कुखुरा फार्म छ जहाँ करीब ३०० बढी कुखुरा छन्।
उनले कुखुरा पाल्दै त आएका छन तर फरक तरिकाबाट ।भाले कुखुरालाई बधिया बनाएर अर्थात् भाले कुखुरालाई खसीको रुप दिएर नयाँ तरिकाले पाल्दै आएका छन्। उसो त दाङ जिल्ला पहिलेदेखि नै बधिया भालेका रुपमा परिचित छ । अन्य जिल्लाबाट यहाँ आउनेहरु बधिया भालेको मासुको पारखी छन्।
झट्ट हेर्दा अरु सबैले गर्दै आएको पेशाभन्दा उनीले गर्दै आएको यो काम अलि फरक छ । उनले यो पेशा गर्न थालेको करीब सात वर्ष बढी भयो । जुन पेसाबाट मनग्य आम्दानीसँगै समाजमा एउटा छुट्टै नामसमेत उनले पाइसकेका छन्।
उनकी श्रीमति जानका चौधरीका अनुसार हाल बधिया फार्ममा करीब ३०० बधिया भाले छन् । भाले पाल्नेका लागि मासिकरुपमा ३० देखि ४० रुपैयाँ हजार खर्च हुने गरेको छ । तर आम्दानी भने वार्षिक १० देखि १२ रुपैयाँ लाखसम्म हुने गरेको उनले सुनाए।
एउटा बधिया भाले हुनका लागि चल्ला निकालेको करीब पाँच महीनामा भाले बास्न थाल्छ । भाले बास्ने भइसकेपछि भालेको भेटेनरी डाक्टरको सहयोगमा अण्डाशय निकाल्ने र शिर काट्ने काम हुन्छ । जब अण्डाशय निकालेर करीब दुई महीनाजति दानापानी खुवाएमा बधिया तयार हुन्छ । एउटा चल्ला निस्केको सातदेखि आठ महीनामा बधिया भाले तयार हुन्छ ।
हर्क चौधरी भन्छन, “अरु कुखुराको मासुभन्दा अति मीठो, कस्सिएको मासु हुन्छ भन्छन् र मान्छे घरमै लिन आउछन् ।” उनका अनुसार एउटा बधिया भाले करीब तीनदेखि साढे तीन किलोसम्म हुन्छ र त्यसको मूल्य तीन हजार रुपैयाँ पर्छ ।