नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लू बेरीले नेपालको कृषि क्षेत्रमा सहयोग गर्न अमेरिका तयार रहेकोे बताका छन्।
जसका लागि नेपालले कृषिको प्राथमिकता निर्धारण गर्नुपर्ने उनको भनाइ छ।उनका अनुसार नेपालमा चालु अमेरिकी सहयोगका परियोजनाको संयुक्त टोली बनाएर अनुगमन गर्न सकिन्छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँगको औपचारिक भेटकाल क्रममा उनले यस्तो बताएका हुन। बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझ्दारीका विषयमा छलफल गर्न सकिने बताए।नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकीकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्नु अहिलेको आवश्यकता रहेको खनालले बताए ।