तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जङ्गबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।
कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आउनुभएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन्। चौधरीले हाल २२ हेक्टर जमीनमा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका हुन्।
चौधरीले वार्षिक आठ लाख रुपैयाँ सम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताए। सरस्वती कृषि सहकारीमार्फत तरकारी खेती शुरु गर्नुभएका चौधरीले हाल वर्षमा तीन याम तरकारी फलाउने गरेको बताए। “वर्षमा विभिन्न तरकारी तीन याम लगाउने गरेको छु, वर्षमा सात रुपैयाँ देखि आठ लाखसम्मको आम्दानी हुने गरेको छ,” उनले भने।
उनले घरमा परिवारले सहयोग गर्ने र उत्पादन भएको तरकारी तुलसीपुर, हापुरेलगायत बजार र गाउँमा बिक्री गर्ने गरेको बताए। सिँचाइको अभाव भए पनि वर्षात्को पानी सङ्कलन केन्द्र निर्माण गरेर तरकारी खेती गर्दै आएको चौधरीले बताए।
उनले यस अघि अरुको काम गर्दा मासिक रु दश हजार कमाउने गरेको भन्दै आफनो व्यवसायबाट धेरै आम्दानी हुने बताए। उनले परम्परागत खेती बाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी हुने गरेको बताए। ‘‘गरे केहुदैन र यही मनग्य आम्दानी हुन्छ,’’ उनले भने।
चौधरीले आफूले व्यवसायीक तरकारी खेती सुरु गरेपनि सहयोग भने त्यति नपाएको गुनासो गरे। ‘‘सिँचाईको अभाव छ, कुनै पनि निकायबाट सहयोग मिल्दैन उनले बताए। चौधरीले हाल गोल्भेँडा, गोभी, काउली, खुसानी र आलु खेती गरेको बताए। चौधरीलाई गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट कृषकको रुपमा छनोट गरी पुरस्कृत समेत गरेको थियो।