साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ ।
तत्कालीन साझा सहकारीमार्फत साना किसानको शिर्षकमा गएको ऋण मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मिनाहा गर्ने निर्णय गरेको सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले बिहीबार सार्वजनिक गरेका हुन्।
सहकारीले गाउँगाउँमा किसानहरुलाई यस्तो ऋण प्रदान गर्दै आएको थियो। ३० वर्षअघिदेखि नै यस्तो ऋण पेन्डिङमा रहँदै आएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत साना किसानका लागि छुट्याएको रकमबाट उनीहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको हो । अब यो ऋण सरकारले नै भुक्तानी गरिदिने छ।