अघिल्लो वर्षको तुलनामा यो वर्ष ८.८९ प्रतिशतले धान उत्पादन बढेको कृषि मन्त्रालयले प्रक्षेपण गरेको छ।
नेपालको मुख्य बाली धानको उत्पादन यो वर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको अनुमान रहेको छ।
अघिल्लो वर्ष धानको उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन भएको थियो।
नेपालको आर्थिक वृद्धिमा मुख्य हिस्सा हुने धान कूल ग्रार्हस्थ उत्पादनमा एक चौथाइ हिस्सा हुने गरेको छ।
मन्त्रालयका अनुसार चालू वर्ष धान खेती हुने जमिन पनि विस्तार भएको छ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष १.५ प्रतिशतले धान खेती हुने क्षेत्र विस्तार भएको छ।
मन्त्रालयका अनुसार अघिल्लो वर्ष देशभर १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान खेती भएको थियो। यो वर्ष बढेर १४ लाख ९१ हजार ७४४ हेक्टरमा विस्तार भएको छ।
अघिल्लो वर्षको तुलनामा धानको उत्पादकत्वमा पनि सुधार आएको छ। मन्त्रालयका अनुसार प्रति हेक्टर उत्पादकत्व ७.२७ प्रतिशतले बढेको छ।
प्रदेशगत हिसाबले सबभन्दा अघि २ नम्बर प्रदेश रहेको छ।
२ नम्बर प्रदेशमा १२ लाख ८५ हजार मेट्रिक टन उत्पादन भएको छ।
त्यस्तै ५ नम्बरमा ११ लाख २० हजार, १ नम्बरमा ११ लाख, सुदूरपश्चिममा ५ लाख ८४ हजार, ३ नम्बरमा ५ लाख, गण्डकीमा ४ लाख १७ हजार र कर्णालीमा सबभन्दा कम १ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएको छ।