मौसमको अनुकूलता, समयमा बीउबिजन मलखादको उपलब्धता र समयमा पानी परेका कारण बारा जिल्लामा गत वर्षको तुलनामा यसवर्ष १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र बाराका अनुसार चालु आर्थिक वर्ष २०७५ र ७६ मा यस जिल्लाको ६२ हजार ७०० हेक्टर क्षेत्रफलमा तीन लाख ३९ हजार १६७ दशमलव ८५ मेट्रिक टन धान उत्पादन भएको छ । उक्त आँकडा गतवर्ष भन्दा ९५ हजार ९८५ मेट्रिक टनले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०७४ र ७५ मा बारा जिल्लाका ६२ हजार २९५ हेक्टर क्षेत्रफलमा चैतेधान, भदैया र अगहनी धानको खेती गरिएकामा दुई लाख ४३ हजार १८२ दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो ।
तथ्याङ्क हेर्दा अघिल्लो वर्ष बाराका किसानले १२ हजार ११० हेक्टरमा ६५ हजार १५१ मेट्रिक टन चैते धान, १२ हजार १६० हेक्टरमा ५१ हजार ५५८ दशमलव चार मेट्रिक टन भदैया धान र ३८ हजार ३२५ हेक्टरमा १२६ हजार ४७२ दशमलव पाँच मेट्रिक टन अगहनी धान उत्पादन गरेको देखिन्छ ।
मौसमको अनुकूलता, समयमा बीउबिजन तथा मलखाद उपलब्ध भएकोले गतवर्ष भन्दा यसवर्ष बारा जिल्लामा १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले बताए।
जिल्लामा रहेको ६० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छ भने बाँकी ४० प्रतिशत जमीनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । चुरे पहाडको भेगमा ९९५ हेक्टर जमीन खेतीयोग्य छ भने तराई भेगमा कृषियोग्य जमीन ६१ हजार ८२८ हेक्टर रहेको छ।
जिल्लाको मध्य र दक्षिणी तराई क्षेत्रमा नदीले बगाइ ल्याएको नरम र दोमट माटो पाइने भएकोले सो क्षेत्रमा बालीनालीको उत्पादन बढ्ने गरेको