सरकारले यस वर्षका लागि उखुको मूल्य तोकेको छ।
मन्त्रिपरिषदको यसअघिको बैठकले उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको हो। मन्त्रिपरिषदको निर्णयबारे बिहीबार सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले जानकारी गराएका हुन्।
सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम तत्काल निकासा गर्ने जनाएको छ। प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा किसानले सोझै अनुदान पाउने छन्। सरकारले तोकेको मूल्यमा अनुदान रकम घटाएर उद्योगले किसानलाई रकम भुक्तानी गर्दै आएका छन्।