सरकारी स्वामित्वको बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग बन्दको प्रभाव कपास खेतीमा देखिएको छ। राष्ट्रियस्तरमा कपास खेती विस्तार तथा प्रवद्र्धनका लागि गठित कार्यदलको प्रतिवेदनमा प्रमुखरूपमा यी दुई उद्योग बन्दहुनुले कपास खेती घट्दै गएको निष्कर्ष निकालेको छ।
कार्यदलले कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणी खनाललाई बुझाएको प्रतिवेदनमा अनुदान र बजेट हुँदामात्र कपास खेती राम्रो भएको र घट्दो बजेटसँगै कपासको उत्पादन पनि घटेको प्रतिवेदनमा उल्लेख छ।
कृषि पेशाको तुलनामा गैह्र कृषिबाट राम्रो आम्दानी हुने भएकोले कृषक घर परिवार गैर कृषितर्फ आकर्षित भएकोले पनि कपास खेतीमा नकारात्मक प्रभाव परेको छ परेको छ। कपासमा संलग्न कृषक सिमान्तकृत, साना र कम लगान ीक्षमताका हुनाले पनि कपास खेती घट्दै गएको प्रतिवेदन उल्लेख गरिएको छ।
सन् २०१२/०१३ मा १ सय ५० मेट्रिक टन कपास उत्पादन भएकोमा घटेर सन् २०१६/०१७मा १ सय २७ मेट्रिक टन उत्पादन भएको छ।
प्रमुख रूपमा दाङ, बाँके र बर्दीयालगायतका जिल्लामा कपास खेतीहुँदै आएको छ।
उत्पादन भएका कपासमा पनि बजारीकरणको समस्या भएको राष्ट्रिय कपास विकास समितिका संयोजक गोविन्द प्रसाद शर्माले बताए।
कपासको बजार सुक्दै जाँदा आर्थिक वर्ष २०७१÷७२ हालसम्म उत्पादन भएको कपास थन्किएको र यही वर्षमात्र बिक्री भएको शर्माले बताए।
सिरक र डस्नामा मात्र कपास प्रयोग हुँद आएको तर यसको औद्योगिक बजार खुम्चिदै गएको उनको भनाइ छ। भारतीय बजारबाट २०÷२५ रुपैयाँ किलोमा कपास आउने भएकोले स्वदेशी कपासले बजार गुमाउँदै गएको हो।
भारतबाट पुराना कपडा पेलेर बनाइएको तथा अन्य मिसाइएको कम गुणस्तरको सस्तो कपास आयात हुने भएकाले पनि नेपालमा उत्पादित कपास बिक्री हुन नसकेको शर्माले बताए।
गुणस्तरीय कपास खोज्ने उपभोक्ताले समेत बजारमा गुणस्तरीय कपास पाउन नसकेको प्रतिवेदनमा बताइएको छ।