काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बनेका छन महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेग¥यान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आएका छन्।
दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घरखर्चका लागि उहाँ अब आफ्नो व्यवसायप्रति ढुक्क छन्। च्याउखेतीका कारण अहिले उनले नाम र दाम पाएका छन्।
“च्याउखेती गरेदेखि कुनै कुराको अभाव खट्केको छैन,” भुजेल भन्छन्।
दुई वर्षअघि कामको खोजीमा काठमाडौँ पुग्नुभएका भुजेलले ललितपुरको गोदावरी–१४ ठैबमा च्याउखेती गरेको देखेपछि यस व्यवसाय हात हालेका हु्न्।