बर्दाघाट सुस्ता पश्चिम नवलपरासीका किसानले यस जिल्लालाई आधुनिक कृषिको हब बनाउन केन्द्रीय सरकार समक्ष माग गरेका छन्।
कुल केरा आपूर्तिको ५५ प्रतिशत यसै जिल्लाबाट हुने गरेको भन्दै नवलपरासी केरा उत्पादक सङ्घले कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाललाई ज्ञापन पत्र दिएका छन्।
ज्ञापन पत्रमा यस जिल्लाका अधिकांश किसान केरा खेतीमा सबल र सक्षमरूपमा लागेकोले केरा खेतीको क्रम बढ्ने हुँदा केराको बजार व्यवस्थापन गरिदिन आग्रह गरेको छन्।
सस्तो मूल्यमा भारतबाट आयात हुने केरासँग स्वदेशी केराले प्रतिष्पर्धा गर्न नसकेको भन्दै किसानले आयातित केराको भन्सार दर बढाउन माग गरेका छन्।
केरा खेतीको उत्पादन बढाउन र आयातित केरासँग प्रतिष्पर्धा गर्न सरकारले मल, बिऊ, विद्युतीय सिँचाई प्रणाली, चिस्यान केन्द्र, कृषि बिमा र आधुनिक कृषि औजारलगायतमा सरकारले अनुदान दिन पर्ने किसानको माग छ।
आयातित केराको दर घटाउन क्वारेन्टाइन चेकपोष्टमा कडाईका साथ विषादी चेक जाँच गर्न नवलपरासीका किसानले सरकारलाई सुल्झ्याका छन्।
कृषि औजारमा कर छुट नहुनु, केराको बिमा नहुनु, केराको दक्ष विज्ञ नहुनु, माटो परिक्षणका लागि विज्ञ नहुनुलगायतका समस्यामा सरकार गम्भीर भएर लाग्नुपने किसानको भनाइ छ।