अघिल्लो वर्षको तुलनामा यो वर्ष साउनदेखि पुस मसान्तसम्म तेलको आयात ४९ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार यो वर्षको ६ महिनामा १ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ।
अघिल्लो वर्ष यस्तो आयात ६९ अर्बको मात्र थियो। नेपालको कूल अन्तर्राष्ट्रिय वस्त्ु व्यापारमा पेट्रोलियमको मुख्य हिस्सा हरेको छ। चालु यो अवधिमा कूल ७ खर्ब ११ अर्ब रुपैयाँको आयात हुँदा पेट्रोलमात्र १ खर्बको आयात भएको हो।
पछिल्लो समय डिजेल आयातको बृद्धिदर उच्च रहेको छ।