सरकारले भोली सोमबार देखि विषादी मुक्त सप्ताह सुरू गर्ने भएको छ। विषादी न्यूनीकरणका लागि सो सप्ताह सुरू हुने भएको हो।
विषादीको प्रयोग बढी हुने क्षेत्रमा भोलिदेखि एक हप्तासम्म विषादी सम्बन्धी जनचेतना मूलक कार्यक्रम सुरू हुने भएको छ।
सो सप्ताह भोलि विहान वनेपा नगपालीका काभ्रेमा प्रभात फेरी कार्यक्रम हुनेछ। काभ्रेका विभिन्न स्थानहरूमा विषादीले निम्त्याएका असरहरू समेटेर सडक नाटक प्रदर्शनी गरिने छ। ठाउँ–ठाउँमा पोष्टर पम्प्लेट टासिँने छ।
विषादी प्रयोग मुक्त सप्ताहका लागि यस वर्ष “पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता” भन्ने मुल नाराका साथ सुरू हुने छ।
वढ्दो जनसंख्याको लागि खाद्य वस्तुको वढ्दो माग आपूर्ति गर्न खाद्यवस्तु उत्पादन वृद्धिका साथै कृषि व्यापार वृद्धि आवश्यक भइरहेका अवस्थामा विषादीको प्रयोग भइरहेको छ।
विभिन्न वालीनालीमा वर्षेनी नोक्सानी पु¥याउने शत्रुजीवहरु (कीरा, रोग, झारपात, मुसा, चरा आदि)बाट वाली कटानी अघि र पछि भण्डारण सम्म २०—३५ प्रतिशत हुने नोक्सानीलाई कम गर्नु पनि उत्पादन वृद्धि गर्नु सरह नै भएको विज्ञहरू बताउँछन्।
गतवर्षको तथ्यांक हेर्दा नेपालमा ६३५ टन खास विष विषादी आयात भएको देखिन्छ जस्मा कीटनासक १६९ टन, रोगनाशक ३४७ टन, झारनासक १०५ टन र अन्य १४ टन रहको छ।
सो विषादीको लागि करिव ७५ करोड रुपैयाँ बाहिरीने गरेको तथ्याङ्क छ।
सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि भित्राइएका विषादी कृषि उत्पादनका लागि प्रयोग हुन थाले पछि यसको मात्रा प्रति वर्ष वढदै गएको विषादी व्यवस्थापनले बताएको छ।
अन्य देशको तुलनामा प्रति हेक्टर विषादीको प्रयोग निकै कम ३९६ ग्राम खास विष रहे पनि करिव ८५ प्रतिशत भन्दा वढि विषादी तरकारी वालीमा आधारित सघन खेती प्रणाली भएका स्थानमा प्रयोग हुने गरेको पाइएको छ। तरकारी बालीमा १६०५ ग्राम खास विष प्रति हेक्टर विषादीका प्रयोग भइरहको छ।
नेपालमा विषादीको प्रयोगमा देखिएका समस्याहरुमा पर्खन पर्ने अवधि ख्याल नगर्ने, वाली कटानी समयमा विषादीका प्रयाग गर्ने, बिक्रीभन्दा अगाडी विषादीमा डुवाउने, विषादीको मात्रा वढाएर छर्ने, रोग कीराको पहिचान बिना विषादी छर्ने, विषादीलाई खेती बाहेक अन्य जीवजन्तु तथा स्थानमा प्रयोग गर्ने, कृषि कार्य बाहेक अन्य उद्देश्यमा प्रयोग गर्ने, दर्ता नगरिएका विषादीको लुकीछिपी बिक्री वितरण तथा प्रयोग, खाद्य सामग्रीको पसलमा विषादी पनि बिक्री वितरण, प्रतिबन्धित विषादीको लुकिछिपी प्रयोग, विषादीको पकेट पुनः खोली प्याकेजिङ र बिक्री, बिना लेवलका विषादीका प्रयोग, म्याद नाघेका विषादी प्रयोग, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग नगर्ने आदि रहेका छन्।
खतरनाक विषादीहरु मानव स्वास्थ्य र वातावरणका लागि चुनौती रहेको छ। संयुक्त राष्ट्र संघका अनुसार विकासोन्मुख देशहरुमा खतरनाक विषादी लगायतका रसायनहरुको उत्पादन र प्रयोग मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी बढिरहको छ।