गुल्मीमा मकै ‘जोन’ कार्यक्रम लागू भएसँगै यहाँका कृषक यान्त्रिकीकरणतर्फ आकर्षित हुँदै गएका छन् ।
सो कार्यक्रम अन्र्तगत मकैबालीमा यान्त्रिककरण प्रवद्र्धनका लागि हालसम्म ४७ वटा कृषक समूह र सहकारी संस्थामा ५० प्रतिशत अनुदानमा १९५थान यान्त्रिक सामग्री वितरण गरिएको हो । परियोजनाद्वारा कृषकलाई उपलब्ध गराइएका सामग्रीमा पावर ट्रिलर दुई थान, मिनी ट्रिलर ६२ थान, कर्न सेलर ३७, ज्यावप्लाण्टर ३८, झार गोड्ने मेशिन १० र धान रोप्दा खेत हिल्याउने मेशिन ४६ थान रहेका छन् ।
कृषि यान्त्रिक एवं औजारको प्रयोगमार्फत लागत घटाइ उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले कृषकलाई परियोजनाको तर्फबाट रु ४८ लाख मूल्यको औजार तथा उपकरण उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन गुल्मीका प्रमुख कुलप्रसाद दबाडीले बताए। दवाडीका अनुसार अनुदानमा वितरण गरिएका कृषि औजार सामग्री सञ्चालन गर्न कृषकलाई सहयोग पु¥याउने उद्देश्यले परियोजनाले स्थानीय तहमै पुगेर उनीहरुलाई मर्मतसम्भारसम्बन्धी तालीम दिँदै आएको छ ।
इस्मागाउँपालिकाअन्तर्गत चौरासीफाँटमा किसानलाई उनीहरुको खेत बारिमा औजार प्रयोग एंव सञ्चालनसम्बन्धी तालीम दिइएको थियो । उक्त क्षेत्रका २२ किसान समूहका किसानलाई मिनी ट्रिलर, ज्यावप्लाण्टर, सिडड्रिल, मकै छोडाउने मेशिन, झार गोड्ने मेशिन एवं बीउ सुकाउने ड्रायर सञ्चालन तथा सामान्य मर्मतसम्भारसम्बन्धी तालीम प्रयोगात्मक रुपमा सञ्चालन गरिएको थियो ।
आधुनिक कृषि किसान संसार भरतपुर चितवनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त मकै जोन सञ्चालक समितिका संयोजक कृष्णप्रसाद घिमिरे लगायतका व्यक्तिले सहभागीलाई कृषिऔजार सञ्चालनसम्बन्धी प्रयोगात्मक अभ्यासमा सहजीकरण गरेका हुन्।
आफ्नै घरदैलोमा आएर आफ्ना स–साना पाखाबारीमा औजार उपकरण प्रयोग गर्न र त्यसका लागि आवश्यक प्राविधिक जानकारी पाँउदा त्यहाँका कृषक निकै खुशी भएका छन् । गाउँमा नै मिनि ट्रिलरको प्रयोगबाट प्रतिघण्टा दुई रोपनीसम्म जोत्न सकिने भएका कारण हल गोरु अनि खेतालाको समस्या समाधान हुने मदाने– ७ का कृषक गोविन्द पन्थीले बताए।
मकै जोन गुल्मीका सदस्य लोकबहादुर कुँवरका अनुसार कार्यक्रमले कृषकलाई मकैसम्बन्धी विभिन्न औजार उपकरण उपलब्ध गराउने र त्यस्ता औजारको दीर्घकालसम्म प्रयोगका लागि तालीमसमेत सञ्चालन गर्ने गरेकाले कृषकले सामान्य समस्या स्वयंले समाधान गर्न सक्षम हुनुका साथै त्यसको प्रयोगबाट उत्पादनमा वृद्धि हुने गरेकाले आफूहरु कृषियन्त्रको प्रयोगतर्फ आकर्षित भएको बताए।
जनार्दन घिमिरे