दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आएका यादवले व्यावसायिक भैँसीपालन मात्र गर्नुभएको छैन, गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउँदै आएका छन् । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याएका छन् ।
विशेषगरी दूध सङ्कलन गरेर गाउँमै दूध बिक्री गर्ने वातावरण मिलाउनु भएका यादवले आफैँले पनि भैँसीपालन गरेका छन् । दैनिक २०० लिटर दूध सङ्कलन गर्दै आएका यादवलाई स्थानीयले ‘दूध मास्टर’ भन्ने गर्छन् । बत्तीस किसानको दूध सङ्कलन गरेर दुग्ध उद्योगमा पु¥याउँदै आएका यादवले दूध बिक्रीबाट मासिक रु ३० हजारदेखि रु ४० हजार आम्दानी गर्दै आएका छन् ।
“धेरैले मलाई दूध मास्टर भनेर चिन्छन्”, यादवले भने, “शिक्षण पेसालाई असर परेको छैन, विद्यालय समयभन्दा बाहेकको समयमा भैँसीपालन र दुग्ध केन्द्र सञ्चालन गर्दै आएको छु।’
दुग्ध सङ्कलन केन्द्रलाई राप्ती पारी क्षेत्रकै नमूना बनाउने यादवको लक्ष्य छ ।
विगत २५ वर्षदेखि व्यावसायिक रुपमा दूधको कारोवार गर्दै आएका उनले अहिले दुई छोरालाई कृषि विषय नै पढाएका छन्। “छोरा विशेषज्ञ भएपछि पेसा गर्न सजिलो होला भन्ने आश गरेको छु”, यादवले भने।