प्राङगरिक खेतीलाई प्रोत्साहन गरि प्राङ्गरिक मल उत्पादन वृद्धि बढाउने उद्देश्यले ललितपुरको जावलाखेल फुटवल मैदानमा बाह्रौं राष्ट्रिय प्राङ्गरिक कृषि मेला हुने भएको छ।
कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा फागुन १७ गते देखि १९ गते सम्म सो मेला सञ्चालन हुने भएको हो।
मेलामा देशको विभिन्न भागमा उत्पादित प्राङ्गरिक कृषि उपजहरूको प्रदर्शनी, प्राङ्गरिक कृषि वस्तुहरूको खरिद,बिक्री, प्राङ्गरिक कृषि सामाग्री तथा खेती प्रर्दशनी, कृषि विषयमा साँस्कृतिक कार्यक्रम, प्राङ्गरिक खाद्य महोत्सव तथा माटो परिक्षणको शिविर सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
प्राङ्गारिक कृषि उपजको उत्पादन एवम् बजार स्थिति बारे सरोकारवालाहरु सुसूचित हुने, प्राङ्गारिक कृषि उपजको आन्तरिक तथा बाह्य बजारको सम्बन्ध स्थापित गर्नमा सघाउ पुग्ने, मेला अवधिमा सञ्चालन हुने प्यानल छलफल तथा अन्तरक्रियामा सहभागी भई सरोकारवालाहरुलाई प्राङ्गगारिक कृषिको विविध पक्षहरुको बारेमा जानकारी भई प्राङ्गरिक खेतीमा सघाउ पु¥याउने आयोजकको विश्वास छ।
‘प्राङ्गरिक कृषि पद्धति अपनाऔं, माटो र जीवन बचाऔं’ भन्ने यस वर्षको राष्ट्रिय प्राङ्गरिक कृषि मेला नारा रहेको छ। नेपालमा यो मेला २०६४ सालदेखि हुँदै आएको छ।