नेपालमा पहिलो पटक अन्तर्राट्रिय किसान सम्मेलन हुने भएको छ। किसानको हक हितका लागि राष्ट्रिय किसान आयोगले पहिलो पटक खाद्य सम्प्रभुता सहितको अन्तर्राट्रिय किसान सम्मेलन गर्न लागेको हो।
यो सम्मेलन फागुनको २६, २७ र २८ तीन दिन सम्म यल्लो प्यागडा होटलमा हुने आयोजकले जानकारी दिएको छ। ्
सम्मेलनमा विशेष गरी औद्योगिक कृषि र धान उत्पादन कसरी वृद्धि हुन्छ भन्ने विषय विशेष छलफल हुने आयोजकले बताएको छ।
‘खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ ले मुलुकलाई समृद्ध बनाउने गरी किसानको अधिकार र कृषि क्षेत्रको विकासका लागि आवश्यक नीति तय गर्नेे आयोगका प्रवक्ता रवीन्द्र केसीले जानकारी दिए।
सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका किसानबीच सिक्ने र सिकाउने वातावरण तयार हुने आयोजकले विश्वास लिएको छ। यस सम्मेलनका लागि आयोगले ५० लाख बजेट छुट्टाएको छ।
तीन दिनसम्म चल्ने अन्तर्रा्ष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेशिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करिब ३५० जनाको सहभागिता रहनेछ ।