सरकारले समयमा मल खरिद नगर्दा ६४ करोड घाटा लागेको छ।
महालेखा परीक्षकको ५६ औँ प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ।प्रतिवेदन अनुसार कम्पनीले समयमै खरिद योजना नबनाई हतारमा मल खरिद गर्दा लागत मूल्य बढी परेको हो। ‘
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबड भैरहने प्रवृत्ति रहेको हुँदा समयमा खरिद योजना बनाई खरिद गर्न नसक्दा ६३ करोड ९४ लाख ७० हजार रुपैयाँ बढी लागत परेको छ’, प्रतिवेदनमा उल्लेख छ।
लागत कम पर्ने गरी योजना बनाई खरिद गर्न प्रतिवेदनले सुझाएको छ। प्रतिवेदन अनुसार फरक दरमा खरिद साल्ट टे«डिङ कर्पोरेसनले बहराइनबाट प्रति मेट्रिक टन ३२ हजार ६६८ रुपैयाँका दरले २७ हजार १९१ मेट्रिक टनयुरिया मल खरिद गरेको छ।
त्यसैगरी, चीनबाट प्रति मेट्रिक टन ४१ हजार ३७ सयका दरले ५७ हजार ७ सय ४६ मेट्रिक टन खरिद गरेको छ। चीनबाट खरिद गर्दा प्रति मेट्रिक टन ८ हजार ३सय ६९ रुपैयाँका दरले ४८ करोड ३२ लाख ७६ हजार रुपैयाँ बढी लागत पर्न गएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले चीनबाट आयात गरी एक कम्पनीबाट औसतमा प्रति मेट्रिक टन ४६ हजार ६९ रुपैयाँका दरले २२ हजार १५९ मेट्रिक टन डिएपी मल खरिद गरेको छ।