कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तर्राष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना गर्ने भएको छ।
रासायनिक मल र बिसादी निरुत्साहित गरि प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।
प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।
सम्मेलन आगामी बैशाख ३१ र जेष्ठ १ गते काठमाडौमा हुन लागेको कार्यदलका सदस्य सचीव डा. गंगा आचार्यले जानकारी दिए।
आचार्यका अनुसार भारत, भूटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने निधो भैसकेको छ । सम्मेलनमा स्वदेशी र बिदेशी गरि करिब १५० जना बिज्ञको सहाभागिता रहने कार्यदलले जनाएको छ ।
सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी बिकास रज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ।
कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने आचार्यले बताए ।
सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिबेदन तयार गरि जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।
प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालको सम्योजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले अहिलेसम्म सातै प्रदेस र उपत्यकामा गरि १० वटा अन्तक्रृया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए।