स्वदेशी माग पूरा गरी विदेशमा समेत निर्यात गर्न सफल भएको कृषिजन्य चिया उद्योग करिब एक महिनादेखि बन्द अवस्थामा रहेको छ।
ट्रेड युनियनहरूको आन्दोलनका कारण सो उद्योग बन्द हुन पुगेको हो। वैशाख १ गते झापा हल्दिवारी स्थित कामाख्या देवी टी प्राली उद्योग परिसरमा विभिन्न ट्रेड युनियनका करिब सय जनाको समूहले अनाधिकृत रूपमा प्रवेश गरि तोडफोड, हातपात र आगजनी लगायतका कृयाकलाप गरेका छन्।
सो आन्दोलनबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षती पु¥याएको भन्दै नेपाल चिया उत्पादक सङ्घ झापाले प्रेस विज्ञप्ती जारी गरेको छ।
‘स्वतन्त्रत्रतापूर्वक पेशा, रोजगार, उद्योग व्यवसाय गर्न पाउने प्रत्येक नागरिकको संवैधानिक हक भएपनि यसको पूर्ण प्रयोग हुन सकेको छैन’, विज्ञप्तीमा उल्लेख छ।
आन्दोलनका नाममा कुनै पनि नागरिक तथा प्रतिष्ठानले साम्पतिको हकमा आघात पार्ने कार्य कसैले गर्न नपाउने संविधानमा व्यवस्था गरिएको छ।
नेपालको संविधानद्वारा प्रत्याभूत गरिएको हक अनुसार आफ्नो उद्योग सञ्चालन गर्न पाउँ भनि सङ्घले माग गरेको छ।