आर पि ग्रुपले विश्व प्रसिद्ध अमेरिकन स्पोर्ट ब्राण्ड च्याम्पीयन नेपालमा भित्र्याएको छ।
यो ब्रान्डका उत्पादित स्पोर्ट वेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएको कम्पनीको दाबी छ। हाल यस कम्पनीद्वारा महिला, पुरुष तथा बालबालिकाहरुलाई हुने हुडी, सिलिभहरु, ग्राफिक टिज्, ज्याकेट, आउटर, पेन्ट, सर्ट, जुत्ता, ब्याज लगायतका फेशनेबल तथा स्पोर्टस वेयरहरु उत्पादन गर्दै आइरहेको छ।
यो ब्राण्ड एनबिएको प्रायोजनक समेत रहेको छ । यसको एकमात्र आधिकारी बिक्रेता आरपिग्रुप रहेको छ।
आरपि ग्रुपले यस अघि पनि अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल फेशन वेयरहरु डामिलानो इटालिया, रोशो ब्रुलेनो, लुइस फिलिपी, इण्डियन टेरेन लगाएको दजर्नाै ब्राण्डहरु भित्र्याएर विक्री वितरण गर्दै आइरहेको छ ।
हाललाई यो ब्राण्डको स्टोर काठमाडौंको दरवारमार्गमा, ललितपुर कुमारीपाटीमा रहने छ। तथा केही समय पश्चात मुलुकका अन्य मुख्य शहरहरुमा ल्याइने कम्पनीले जानकारी दिएको छ।