जिल्ला सिँचाइ कार्यालयले चार करोड ४१ लाखको लागतमा स्थानीय बनौली र अर्नाहा गाविसमा सिँचाइ पुर¥याउन हेडबक्स र अन्य सिँचाइ पूर्वाधार निर्माण सुरु गरेको छ ।
आकाशे पानीको भरमा खेती गर्दै आएका बनौली, अर्नाहा र सतबेदाहा नहरशाखाअन्तर्गत पाँची खोलाबाट सिँचाइ गर्न हेडबक्स निर्माणका लागि त्यस क्षेत्रमा पक्की सुलुसगेट, बाँध, हेड रेगुलेटर निर्माण कार्य सुरु भएको सो कार्यालयले जनाएको छ ।
तीन वर्षीय योजनाअन्तर्गत सो कार्यालयबाट भइरहेको हेडबक्स निर्माणले सो शाखाअन्तर्गत करिब ९०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु भएको निमार्ण कार्य ६० प्रतिशत पूरा भइसकेको कार्यालय प्रमुख अशोक साहले जानकारी दिए।
ठेक्का सम्झौताअनुसार असोज मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य रहे पनि वर्षायामका कारण केही थप समय लाग्नेसमेत उनले उल्लेख गरे। हेडबक्स निर्माणले बनौली अनौहा र सतबेदाहा शाखाअन्तर्गत ग्रामीण क्षेत्र गहुँबाली, धानबाली, तेलहन, दलहनबाली उत्पादन गर्ने आकाशे पानीको भर नपर्ने उनले बताए।
सो क्षेत्रमा यसअघि माटोको कच्ची बाँध बनाएर खेती गर्दै आएका थिए । साथै बाँध नहुँदा वर्षायाममा कच्ची बाँध भत्ँिकदा बाढीले खेती चौपट हुने गरेको स्थानीयवासी बुधनी देवी सरदारले बताइन्। हेडबक्स निर्माणपछि किसानको खेतसम्म पानी पु¥याउन पक्की कुलो, पैनी र कल्भर्ट तथा ड्रम्प निर्माण गनुपर्ने आवश्यकता रहेको सो कार्यालयले जनाएको छ । सो निर्माण कार्यबाट स्थानीयवासी उत्साहित भएका छन् । रासस