व्यावसायिक बाख्रा प्रवर्द्धन राष्ट्रिय कार्यक्रमअन्तरगत व्यावसायिक कृषकले झापामा रू. ३० लाख अनुदान रकम प्राप्त गरेका छन् ।
आव २०७३/७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० ओटा बाख्रापालक कृषि फार्मलाई जनही रू. एक लाख ५० हजारका दरले खोर सुधार, औषधि उपचार, आहारा विकासलगायत शीर्षकमा अनुदान दिइएको हो ।
उक्त कार्यक्रमअन्तरगत युवा लक्षित बाख्रापालन र व्यावसायिक बाख्रापालन कार्यक्रम रहेका जिल्ला पशु सेवा कार्यालयका डा. कुमारसिंह खत्रीले जानकारी दिए । गत वर्षसम्म जिल्लामा २८ ओटा बाख्रा फार्म रहेका थिए । यस वर्ष ५६ ओटा फार्म थपिएका छन् । रासस