कृषि सामग्री कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले आव २०७३÷७४ मा चार करोड २२ लाख ९९ हजार ४१८ बराबरको कारोबार गरेको छ ।
रासायनिक मल युरिया, डिएपी र पोटासको कारोबार गर्दै आएको कार्यालयले ८९ वटा सहकारीलाई सूचीकृत गरेकामा यस आवमा ५४ वटा सहकारीमार्फत मात्र कारोबार गरेको कार्यालयका निमित्त शाखा प्रबन्धक शालिग्राम वाग्लेले जानकारी दिए।
रासायनिक मलको मागअनुसारको मौज्दात रहेका कारण कृषकले अभाव महशुस गर्न नपरेको उनको भनाइ छ । रासस