बजारमा तरकारीमो मूल्य आकाशिने क्रम जारी रहेको छ। वर्षातको समयमा उत्पादन हुने तरकारीको मूल्य पनि दिनप्रतिदिन महंगो हुँदै गएको छ। कालिमाटी तरकारी तथा फलफूल बजारको दैनिक मूल्यसूची अनुसार अधिकांस तरकारीको उपभोक्ता मूल्य किलोमा पचास रुपौयाँ माथि रहेको छ।
बिहीबारको मूल्य अनुसार प्राय तरकारी को मूल्य पचास माथि रहेको बजारले जनाएको छ। कालिमाटी तरकारी बजारको मूल्य सूचीअनुसार ठुलो गोलभेडा एक किलोको ५५,रातो आलु ३८, सुकोको प्याज ३५, गाजर ८५, बन्दा २५, स्थानीय काउली ६५, मूला ३५, लाम्चो भान्टा ४५, बोडी ६५, घिउ सिमी ८५, भटमास कोशा ६५, तितो करेला ४५,लौका ५५, परवर ५५, चिचिण्डो ४५, घिरौला ६५, फर्सी पाकेको ४५ र हरियो फर्सीको मूल्य ५५ रुपैयाँ रहेको छ।
बिस्तृत मूल्य सूचीको लागि
यहाँ जानुहोस